+
+
Shares

शिवरात्रिको अवसरमा आयोजित दुईदिने महोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मानव धर्म सेवा समितिले काठमाडौँको गौशालास्थित कार्यालय परिसरमा दुईदिने ‘महाशिवरात्रि महोत्सव २०८२’ आयोजना गरेको छ।

४ फागुन, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको दुईदिने ‘महाशिवरात्रि महोत्सव २०८२’ सम्पन्न भएको छ।

काठमाडौँको गौशालास्थित केन्द्रीय कार्यालय परिसरमा शनिबार र आइतबार सञ्चालन गरिएको महोत्सवमा आध्यात्मिक प्रवचन, सत्सङ्ग, रक्तदान तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो ।

महोत्सवको पहिलो दिन विभिन्न सन्त महात्मा तथा बाइजीहरूले आध्यात्मिक जीवन, मानवता र आत्मबोधका विषयमा विचार प्रस्तुत गरेका थिए । सोही दिन आयोजित बृहत् रक्तदान कार्यक्रममा समितिका सदस्य तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा १०९ युनिट रगत संकलन गरिएको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभुजी महाराजले विशेष आध्यात्मिक प्रवचनमार्फत मानव जीवनमा अध्यात्मको महत्त्व र जीवनलाई सहज बनाउने उपायबारे गहन मार्गदर्शन दिए ।

सत्सङ्ग कार्यक्रममा सन्त महात्माहरूले ज्ञान, भक्ति र कर्मको समन्वयद्वारा मानव जीवनलाई सहज, शान्त र आनन्दमय बनाउनुपर्ने सन्देश दिएका थिए ।

महोत्सवका क्रममा भजन, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।

दुईदिने महोत्सवले भक्तजनमा सकारात्मक ऊर्जा, सद्‍भाव र मानवताको सन्देश फैलाएको आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?