+
+
Shares

डोल्पामा एमाले-प्रलोपाबीच चुनावी तालमेल, प्रलोपाको उम्मेदवारी निष्क्रिय   

सहमतिसँगै एमाले र प्रलोपाका नेताकार्यकर्ताले मंगलबारैदेखि सँगसँगै घरदैलो अभियान थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:२५

५ फागुन, डोल्पा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा डोल्पा जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बीच चुनावी तालमेल भएको छ । मंगलबार एमाले उम्मेदवार लंक रोकाया र प्रलोपा उम्मेदवार विकास बुढाले चुनावी तालमेल गर्ने सहमति गरेका हुन् ।

सहमतिअनुसार अब प्रलोपाले प्रत्यक्षमा एमाले उम्मेदवार रोकायालाई सघाउने भएको छ । यस्तै दुवै दलले संयुक्त रूपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।

प्रलोपा नेताहरूका अनुसार पार्टीको केन्द्रीय निर्णय र जिल्ला स्तरका नेताहरूबीचको अन्तिम छलफलपछि एमाले उम्मेदवार रोकायालाई सघाउने निष्कर्ष निकालिएको हो ।

सहमतिसँगै एमाले र प्रलोपाका नेताकार्यकर्ताले मंगलबारैदेखि सँगसँगै घरदैलो अभियान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?