+
+
Shares

जावलाखेल डिस्टिलरीले ल्यायो ‘रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:१०

५ फागुन, काठमाडौं । जावलाखेल डिस्टिलरी प्रालिले नेपालको रेडी-टु-ड्रिंक (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान-रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलो पटक ‘पिच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो । ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्ता लक्षित गरेर तयार गरिएको जनाएको छ ।

आजका अभिव्यक्तिशील र अनुभव केन्द्रित युवा ध्यानमा राख्दै तयार गरिएको यस पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। ट्रेन्ड पछ्याउने भन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पिच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै यसलाई आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको छ ।

जावलाखेल डिस्टिलरीका अनुसार रुस्लानले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको छ।

२ सय ७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौंका केही चुनिएका पसलमा प्रतिक्यान २ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?