+
+
Shares

कुलमानले भने- हामी काम गर्न आएको हौँ, भाषण गर्नेसँग प्रतिस्पर्धा हुँदैछ

‘हाम्रो अभियान काम गर्न नै आएको हो । अरू जसरी भाषण गरेर हिँड्दैनौँ । हामी काम गरेर जनताको सेवा गर्छौँ,’ अध्यक्ष घिसिङले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १७:२०

५ फागुन, चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसपटक हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

मंगलबार भरतपुर महानगरपालिका-१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले काम गर्नेलाई चिनेर मत दिन आम मतदातासँग आग्रह गरेका हुन् ।

‘हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ,’ अध्यक्ष घिसिङले भने, ‘यसमा जनताले साथ दिनुपर्‍यो ।’ काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित नै आफू पार्टी खोलेर राजनीतिमा आएको उनले बताए ।

‘हाम्रो अभियान काम गर्न नै आएको हो । अरू जसरी भाषण गरेर हिँड्दैनौँ । हामी काम गरेर जनताको सेवा गर्छौँ,’ अध्यक्ष घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?