५ फागुन, काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ सान्नानटार टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो बाप्र ०३-००१ ख ११७९ नम्बरको टिप्परले लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रूपन्देहीका २८ वर्षीय जगदीश थारुको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरुमा उनी गम्भीर घाइते भएपनि उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलमै अर्का सवार दाङको राप्ती गाउँपालिका-६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक हेटौँडा उपमहानगरपालिका-१५ का २६ वर्षीय रोहित तामाङ प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया 4