+
+
Shares

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क लिने, तोकिएको स्वास्थ्य परीक्षण नगर्ने, स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट दिनेजस्ता बेथिति भेटिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक बेथिति भेटिएको जनाएको छ।
  • टास्क फोर्सले ५० भन्दा बढी मेडिकलमा अनुगमन गर्दा चर्को शुल्क लिने र तोकिएको परीक्षण नगर्ने जस्ता अनियमितता पत्ता लगाएको छ।
  • ३६ स्वास्थ्य संस्थाले मलेसियाको म्याक्रो टेक प्रालिलाई अनधिकृत भ्याट बिल काटेर रकम उठाउने र बैंक खातामार्फत ट्रान्सफर गर्ने गरेको पाइएको छ।

५ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूमा व्यापक बेथिति देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको अनुगमन क्रममा विभिन्न खालका बेथिति भेटिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क लिने, तोकिएको स्वास्थ्य परीक्षण नगर्ने, स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट दिनेजस्ता बेथिति भेटिएका हुन् ।

वैदेशिक रोजगारीका नाममा केही मेडिकल व्यवसायी तथा मेडिकल प्रदायकको काम कारबाही शंकास्पद देखिएको मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री राजेन्द्र भण्डारीले गठन गरेको ‘टास्क फोर्स’ ले केही दिन लगातार गरेको अनुगमन क्रममा यस्ता खालका बेथिति भेटिएका हुन् । ५० भन्दा बढी मेडिकलमा गरिएको अनुगमनमा व्यापक बेथिति र अनियममितता भेटिएको हो ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारलाई म्यानपावरमा उपस्थित हुनेबित्तिकै विस्तृत नबुझी सुरुमै स्वास्थ्य परीक्षण गर्न मेडिकल/क्लिनिकमा पठाउने गरेको पाइएको छ । त्यस्तै एकै व्यक्तिलाई पटक–पटक स्वास्थ्य परीक्षण गर्न लगाउने, बिल भरपाइ एक पटकको मात्र दिने, स्वास्थ्य संस्था र म्यानपावर कम्पनीको मिलेमतोमा रकम असुल गर्ने नियतले वैदेशिक रोजगारीमा जाने कामदारलाई संगठित ठगी गर्ने गरेको पाइएको हो ।

टास्क फोर्सका एक सदस्यका अनुसार स्वास्थ्य संस्थाले पूर्वस्वीकृति नम्बर नभई स्वास्थ्य परिक्षण गराउने गरेको पाइएको छ । त्यस्तै स्वास्थ्य संस्थाहरूले कर छली गर्ने नियतले आफूहरूले मेडिकल गरेका व्यक्तिको संख्याभन्दा लेखा परीक्षण प्रतिवेदनमा कम संख्या देखाउने गरेको समेत पाइएको हो ।

गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने गरेको, स्वास्थ्य परीक्षण शुल्क अझै पनि ९ हजार ५ सय रुपैयाँ लिने गरेको, सम्पूर्ण टेस्ट नगरी हचुवा भरमा मेडिकल रिपोर्ट दिने, तोकिएका टेस्ट नगरी ठगी गर्ने गरेको समेत अनुगमन क्रममा भेटिएको ती सदस्यले बताए ।

त्यस्तै एउटै पनि टेस्ट नगरिकन स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको, सूचीकृत स्वास्थ्य संस्था धेरै भए पनि ३६ वटा स्वास्थ्य संस्थाको सिन्डिकेटमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

उक्त संस्थाबाट मात्र मेडिकल गर्नुपर्ने भएकाले वैदेशिक रोजागारीमा जाने कामदार होटलमा धेरै लामो समय बस्नुपर्दा झन् पीडा झेल्नुपरेको समेत पाइएको छ ।

वैदेशिक रोजगारीमा जाने कतिपय श्रमिक स्वास्थ्य संस्थामा उपस्थित नभई स्वास्थ्य परीक्षण प्रतिवेदन दिने गरेको पाइएको हो ।

बायोमेट्रिक प्रणाली प्रयोग गरेबापत ३६ वटा स्वास्थ्य संस्थाले ‘बेस्टिनेट एसडीएन बर्हाड’ मलेसियालाई म्याक्रो टेक प्रालिले तिर्नुपर्ने शुल्क भुक्तानी गर्न सन् २०२० जुन १६ मा मलेसियाली दूतावासले नेपाल राष्ट्र बैंक बालुवाटारमा  पत्राचार गरेको थियो ।

ती ३६ स्वास्थ्य संस्थाले अनुमतिविना म्याक्रो टेक कम्पनीको भ्याट बिल काटी ३ हजार १ सय ६४ रुपैयाँ उठाई उसको सनराइज बैंकको खातामा रकम जम्मा गर्ने गरेको र सोही रकम बैंक खातामार्फत मलेसिया ट्रान्स्फर गर्ने गरेको समेत पाइएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि २०७२ बमोजिमको मापदण्ड पालना नगरेको समेत पाइएको हो ।

वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य परीक्षण गरेको विवरण अभिलेख दुरुस्त नराखेको, स्वास्थ्य संस्थामा कार्यरत आवश्यक जनशक्ति कार्यविधिमा तोकिएभन्दा कम भएको समेत पाइएको टास्क फोर्सले जनाएको छ ।

कार्यविधि बमोजिम स्वास्थ्य संस्थामा सेवाग्राहीको गुनासो सुन्ने अधिकारी स्पष्ट व्यवस्था नगरेको, गुनासोपेटिका सबैले देख्ने ठाउँमा नराखेको, मापदण्ड अनुसार नागरिक बडापत्र सबैले देख्ने गरी नराखेको, स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीको पोसाक र परिचयपत्र प्रयोग नगरेको, स्वास्थ्य संस्थामा कार्यरत डाक्टर लगायत सम्पूर्ण कर्मचारीको हाजिर रजिस्टर समेत नराखेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?