+
+
Shares

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १६:५६

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा बुधबार आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।

बुधबार आयोजित पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए ।

प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको उनले बताए ।

प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको रहेको उनले बताए ।

कांग्रेसले प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार संक्षेपको रूपमा प्रस्तुत गरेको छ ।

यस्ता छन् भिजन-१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?