फाइल तस्वीर
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ता देवराज चालिसेले जनकपुरधामबाट सार्वजनिक भएको प्रतिज्ञापत्र ट्रेलर मात्रै भएको बताएका छन् ।
जनकपुरधाममा प्रतिज्ञा सभा चलिरहेका बेला बुधबार सानेपामा पत्रकार सम्मेलन गरेर उनले प्रतिज्ञापत्र ट्रेलर मात्रै भएको बताएका हुन् ।
उनले ‘रियल फिल्म’ बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा देखाइने बताए ।
‘रियल फिल्म भोलि १ बजे राष्ट्रिय सभा गृहमा देशविदेशबाट लाइभ प्रश्नोत्तर गरेर हाम्रो पार्टीका सभापतिले जवाफ दिनुहुनेछ,’ चालिसेले भने, ‘पत्रकार सम्मेलनमार्फत् उहाँले जवाफ दिनु हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4