+
+
Shares

गगनको प्रतिज्ञा- भदौ २३ जसरी अब युवा मारिन्नन्, नकाबधारीले सिंहदरबार जलाउन पाउन्न

गगनले भने, ‘अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन यो हाम्रो प्रतिज्ञा हो, हामी यस्तो नेपाल बनाउन चाहन्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १७:३४

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाब लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने प्रतिज्ञा गरे ।

‘अब प्रश्न गर्दैगर्दा कुनै युवक भाद्र २३ को जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन्, यो हाम्रो प्रतिज्ञा हो,’ गगनले भने, ‘अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन, यो हाम्रो प्रतिज्ञा हो, हामी यस्तो नेपाल बनाउन चाहन्छौं ।’

भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने उनले बताए । ‘ती हाम्रै भाइभतिजा हुन्,  जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै हो,’ उनले भने, ‘तिनले हामीलाई इन्कार गरेको होइन, हाम्रो शैली बदल भनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?