+
+
Shares

प्रचण्डको दाबी- एकथान सांसद जहाँबाट लडेपनि जित्छु

‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ प्रचण्डले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ । अरु कसैको ताकत देखिएको छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २०:५७

६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने दाबी गरेका छन् । रुकुम पूर्वमा बुधबार एक चुनावी कार्यक्रममा बोल्दै प्रचण्ड देशका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने एकमात्र नेता आफू नै भएको बताएका हुन् ।

‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ प्रचण्डले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ । अरु कसैको ताकत देखिएको छैन ।’

प्रचण्ड यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा-२ बाट चुनाव लडेर जितेका थिए । यसपटक त्यहाँ चुनाव लडेर जित्ने सम्भावना नदेखिएपछि छाडेर सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेको टिप्पणी हुन्छ ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा प्रचण्ड रोल्पा र काठमाडौं-१० बाट चुनाव लडेर जितेका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने उनी रोल्पा छाडेर काठमाडौं-१० र सिरहा-५ बाट निर्वाचन लडेका थिए । त्यो बेला काठमाडौं-१० मा पराजित हुँदा सिरहाबाट जितेका थिए ।

यस्तै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाट लडेर चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?