+
+
Shares

इरानले भन्यो- अमेरिकीसँग वार्ता गर्न ‘फ्रेमवर्क’ बनाउँदैछौँ  

अराघचीले भनेका छन्, ‘तेहरानले द्वन्द्वबाट बच्नका लागि सम्झौताका लागि मार्गदर्शक सिद्धान्तहरूमा सहमति जनाएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २२:१०

६ फागुन, काठमाडौं । इरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीले इरानले अमेरिकासँग वार्ता गर्न ‘फेमवर्क’ तयार गरिरहेको बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थासँगको टेलिफोन वार्तामा अराघचीले यस्तो बताएका हुन् ।

‘आइएइएका प्रमुख राफेल ग्रोसीसँगको कुराकानीमा अराघचीले भविष्यको वार्तालाई अगाडि बढाउनका लागि प्रारम्भिक र सुसंगत ढाँचाको मस्यौदा तयार गर्नमा इरानको ध्यान केन्द्रित गर्न जोड दिनुभएको छ,’ इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेनेभामा इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको दोस्रो चरणको वार्ताको भोलिपल्ट यो फोन वार्ता भएको हो ।

अराघचीले भनेका छन्, ‘तेहरानले द्वन्द्वबाट बच्नका लागि सम्झौताका लागि मार्गदर्शक सिद्धान्तहरूमा सहमति जनाएको छ ।’

यसबारे अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकासँगका सबै ‘सीमा सर्त’लाई अझै स्वीकार नगरेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले पनि अमेरिकाले इरानलाई ‘कुनै न कुनै तरिकाले’ आणविक हतियार प्राप्त गर्नबाट रोक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?