७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् ।
‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ,’ उनले भने, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’
उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै थपे, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4