७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू कुरा नगरेर काम गर्ने नेतामा पर्ने दाबी गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–१ मा कांग्रेसबाट उम्मेदवार रहेका महतले बिहीबार एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अरु कुरा गर्छन्, म काम गर्छु,’ महतले भने, ‘कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ । तर, गाह्रो काम गर्ने नै मेरो अठोट छ ।’
उनले आफू नुवाकोटमा उम्मेदवार नहुँदा पनि काम गरेको पनि दाबी गरे । ‘मैले नुवाकोट जिल्लाका लागि धेरै काम गरेको छु । विद्युतीकरणलाई पूर्णता दिने काम म ऊर्जामन्त्री हुँदा नै भएको हो । अर्थमन्त्री हुँदा मैले यहाँको विकासका लागि भरमग्दूर प्रयास गरेको छु,’ महतले अगाडि भने ।
पूर्वाधार, सिँचाइ, खानेपानी जस्ता योजनामा आफूले काम गरेको उनले बताए । उनले भने, ‘म निर्वाचित भएर जाँदा अझै धेरै योजनाको काम गर्नसक्छु ।’
प्रतिक्रिया 4