+
+
Shares

‘जिरो डिग्री’ मा सनिशा भट्टराई अनुबन्धित, विजय बरालसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्री सनिशा भट्टराई अनुबन्धित भएकी छन्।
  • फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ।
  • फिल्मको कथा सडक सञ्जाल नपुगेको गाउँमा शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने घटनामा आधारित छ।

काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यस सँगै फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ ।

हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा सनिशाको प्रवेशसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

‘१२ गाउँ’ बाट फिल्ममा डेब्यू गरेकी सनिशा अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ थियो । उनले हालै पारिजातको चर्चित कृति ‘शिरिषको फूल’ मा आधारित नाटकमा सकम्बरीको भूमिका निर्वाह गरेकी थिइन् ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म कमेडी जनरामा बन्नेछ । सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनामा कथा आधारित हुनेछ ।

निर्देशन तथा पटकथा आकाश बराल र साजन काफ्लेको हुनेछ । कथाकार राजन भुसालले अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की छन् । निशाल पौडेलले छायाङ्कन गर्ने यस फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?