+
+
Shares

प्रचण्डको वक्तव्य : व्यवस्था बदल्यौँ, अवस्था बदल्नेछौँ

यसैक्रममा प्रचण्डको सचिवालयले शुक्रबार एक भिडिओ प्रचार सामग्री पनि जारी गरेको छ । जसमा ‘हाम्रो मुख्य संकल्प’ भनेर ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्नेछौँ’ नारा दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १९:३८

८ फागुन, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वमा उम्मेदवार छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट निर्वाचित प्रचण्ड यसपटक सहज क्षेत्र खोज्दै रुकुमपूर्व पुगेका हुन् । यसर्थ अन्य शीर्ष नेताको तुलनामा प्रचण्डलाई यसपटक निर्वाचन सहज छ ।

पछिल्लो केही समय रुकुमपूर्वका गाउँबस्ती पुगेर चुनावी प्रचार गरिरहेका उनी सशस्त्र संघर्षकालीन दिनलाई स्मरण गर्दै भोट मागिरहेका छन् । सशस्त्र संघर्षकालीन आधारक्षेत्र रुकुमपूर्वमा प्रचण्ड त्यहाँको भावनात्मक मत बटुलेर सहज जित निकाल्ने प्रयासमा छन् ।

यसैक्रममा प्रचण्डको सचिवालयले शुक्रबार एक भिडियाे प्रचार सामग्री पनि जारी गरेको छ । जसमा ‘हाम्रो मुख्य संकल्प’ भनेर ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्नेछौँ’ नारा दिइएको छ ।

जसमा ‘पाँच वर्षपछिको गन्तव्य’ भनेर पूर्ण साक्षर नेपाल, ऊर्जामा आत्मनिर्भर र निर्यातकर्ता देश, खाद्य सम्प्रभुता सुनिश्चित, भ्रष्टाचारमूक्त र सुशासनयुक्त प्रशासन, उच्च गतिको इन्टरनेट र डिजिटल सेवा, प्रतिव्यक्ति आयमा दोब्बर वृद्धि भनेर उल्लेख गरिएको छ ।

यस्तै ‘शिक्षा र स्वास्थ्य व्यापार होइन, मौलिक हक’ भनेर स्वास्थ्य बीमा शतप्रतिशतमा विस्तार, आउट अफ प्याकेट खर्च ३५ प्रतिशतमा झार्ने, शिक्षा बजेट २० प्रतिशत पुर्‍याइने, एक पालिका एक स्मार्ट विद्यालय, प्राविधिक र रोजगारमूलक शिक्षा प्रचण्डको प्रचार सामग्रीमा उल्लेख छ ।

यस्तै ‘पूर्वाधार र ऊर्जा विकासको आधार’ मानेर प्रचण्डले ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन, प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट प्रतिघण्टा भनेर बाचा गरेका छन् ।

‘अरुले गफ गर्छन्, हामी काम गर्छौँ,’ अन्त्यमा प्रचण्डको प्रचार सामग्रीमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?