८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्युठान पुगेर आफू कसैलाई गाली गर्न नआएको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार साँझ प्युठानको विजुबार पुगेर लामिछानेले नेकपा एमालेका नेता सूर्य थापालाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।
एमाले नेता थापा प्युठानमा उम्मेदवार छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पछिल्लो प्रतिनिधिसभामा रास्वपा सभापति लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय समितिको थापा नै संयोजक थिए । सोही समितिले लामिछानेमाथि कारबाहीको सिफारिस गरेको थियो ।
‘कसैलाई गाली गर्न आएको होइन् । जसले मलाई बदनाम गर्न सम्पूर्ण समय खर्च गरेको छ, उसलाई मेरोतर्फबाट अर्को माला लगाइदिनुहोला,’ बिजुवारमा लामिछानेले भने ।
कसले के भन्यो, कसले के भनेन् त्यसको जवाफ आफू नदिने पनि लामिछानेले बताए । उनले भने, ‘त्यसको जवाफ प्युठानका जनताले फागुन २१ गते घण्टीमा ड्यामड्याम भोट हालेर दिन्छन् ।’
प्रतिक्रिया 4