+
+
Shares

लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १२:०१

९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।

शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी थिइन् ।

सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले जानकारी गराएका थिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरूमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?