+
+
Shares

बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० फागुनमा ३० अर्ब रुपैयाँ ८७ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।
  • बोलकबोल माध्यमबाट ब्याजदर तय हुनेछ र सो रकमको परिपक्व अवधि आगामी जेठ ६ गते हुनेछ।
  • बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि सबै रकमसम्मको लागि प्रस्ताव गर्न सक्नेछन्।

१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत ८७ दिने अवधिका लागि सो रकम खिच्न लागिएको हो ।

बोलकबोल माध्यमबाट ब्याजदर तय हुनेछ । यो रकमको परिपक्व अवधि आगामी जेठ ६ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र बढीमा सबै रकमसम्मको लागि प्रस्ताव गर्न सक्नेछन् ।

न्यून कर्जा प्रवाहका कारण बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलनलाई समेत प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?