+
+
Shares

टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिप्रदी ट्रेडिङले फागुन १० देखि १५ सम्म टाटा कमर्सियल गाडीका लागि होली सर्भिस क्याम्प आयोजना गरेको छ।
  • क्याम्पमा ब्रेक सिस्टम, इन्जिन हेल्थ, टायर सेफ्टी लगायत १० वटा प्वाइन्टमा गाडीको चेकअप गरिने कम्पनीले जनाएको छ।
  • मर्मतमा १५ देखि २० प्रतिशत छुट, ल्यूब्रिकेन्टमा २२ प्रतिशत छुट र लेवर चार्जमा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराइनेछ।

१० फागुन, काठमाडौं । रङको पर्व होली नजिकिँदै गर्दा सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीमा होली सर्भिस क्याम्प आयोजना गरेको छ ।

फागुन १० देखि १५ सम्मका लागि होली सर्भिस क्याम्प आयोजना हुने छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन हुने कम्पनीले जनाएको छ ।

उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीको सुरक्षित यात्रा सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु सञ्चालन हुनेछ । जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्यूव्रिकेसन, टायर/ह्विल सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ तथा सस्पेन्सन, क्लच तथा ट्रान्समिसन, क्याविन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक र इमरजेन्सी तथा सेफ्टी सम्बन्धी चेकअप सुविधा छन् ।

यी चेकअपबाट गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान हुने कम्पनीले जनाएको छ । ‘यदि मर्मत तथा सम्भार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्यूब्रिकेन्टमा २२ प्रतिशत छुट र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।

सर्भिस प्यकेजमा दर्ता भएकाले यही सुविधा एक वर्षसम्म पाउन सक्नेछन् । प्रि सर्भिस बुकिङ गरी वर्कसप आउने भाग्यशाली तीन जना ग्राहकलाई स्मार्ट फोन जित्ने सुर्वण अवसर पनि प्रदान हुने कम्पनीले जनाएको छ । यो अवधिमा २ हजार सवारीको चेकअप हुने कम्पनीको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?