+
+
Shares

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ : कुलमान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १८:१०

१० फागुन, बुटवल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गरेका छन्  । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताए ।

आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले टेस्टेड पार्टीहरू नयाँ नभएको बताए ।

उनले  नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशभरि लोडसेडिङको अन्त्य गरेको सुनाए ।  अब समग्र क्षेत्रको अँध्यारोलाई हटाएर सबै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरिब परिवारको अनुहारमा उज्यालो ल्याउन पार्टी अगाडि आएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आफूहरूको एजेन्डा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?