१० फागुन, काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार गरिएका व्यक्ति ४४ वर्षीय सोमबहादुर तामाङ हुन् ।
नेपाल प्रहरीको टोलीले हराएको पाँच दिनपछि उनलाई सकुशल उद्दार गरेको बोगटीले बताए ।
उनी टौखेलबाट पाँच दिन पहिला हराएका थिए । आइतबार जंगलमा मान्छे कराएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ललितपुर प्रहरीको टोली जंगल पुगेको थियो ।
ती व्यक्तिलाई सकुशल उद्दार गरिएको हो । एम्बुलेन्समा हालेर उनलाई ल्याइएको र अहिले गोवादवरीस्थित सामुदायिक अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेको एसएसपी बोगटीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4