News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारी सडक मार्गस्थित उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
- बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- घाइतेमध्ये ६ जनालाई विराटनगरस्थित न्युरो अस्पतालमा थप उपचारका लागि लगिएको छ भने बाँकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
११ फागुन, काठमाडौं । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, ताप्लीकै १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।
यस्तै अन्य घाइतेमा त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ रहेका छन् ।
घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4