+
+

दर्शकमा पुस्तक क्रेज, गरिमा र केकीले गरे उपन्यास बिमोचन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २३ गते २२:०२

keki garami seto dharti

युवापुस्तामाझ यतिबेला सिनेमाको क्रेज घट्दै जाँदा पुस्तक क्रेज भने बढ्दै गएको छ । सोमबार काठमाण्डौमा पुस्तक बिमोचन समारोहमा देखिएका तन्नेरी अनुहारको क्रेजले पनि यसलाई प्रष्ट पारेको छ ।

रुझाउने गरि परेको पानीको समेत प्रवाह नगरी युवायुवतीहरु टेन्टमुनि बसिरहेका थिए । सयौ युवायुवतीको मुखबाट एउटै शब्द थियो, ‘साया’ । आखिर को हुन् ‘साया’ ? उनको प्रतिक्षा प्रज्ञा प्रतिष्ठानको चौरमा बसिरहेका युवायुवतीमाँझ खुबै थियो । कार्यक्रम संचालनको लागेकी आएकी सविना कार्की सबैको नजरमा ‘साया’ बनिन् ।

‘साया’, पुस्तककी एक पात्र थिइन् । जसलाई ‘समर लभ’ जस्तो चर्चित पुस्तकमा पढेका पाठकले प्रत्यक्ष देख्ने मन बनाए । तर, पुस्तकको पात्र वास्तविकतामा आउने कुरै थिएन ।

नेपाली युवायुवती माझ देखिएको पुस्तक क्रेजले सबैलाई यसप्रतिको आकर्षण सोच्न वाध्य बनाउथ्यो । नायिका गरिमा पन्त र केकी अधिकारी पुस्तक बिमोचनमा सहभागी भए । अधिकांश दर्शकले दुई हिरोइनको हातबाट पुस्तकमा अटोग्राफर खोजे ।

नायिकाद्धयले ‘समर लभ’का लेखक सुविन भट्राइको साथमा ‘साया’को बिमोचन गरेका थिए । ‘साया’, ‘समर लभ’को दोस्रो भाग हो । प्रज्ञा प्रतिष्ठानको बाहिरी परिसरमा उपस्थित सयौँ दर्शकले ‘साया’लाई देखाएको मायाले दुई अभिनेत्री पनि छक्क परे ।

kaki-adakhari-0021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?