News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार रागिनी उपाध्यायको कला जर्मनीको फ्राउएनमुजेउम बोनमा डाई स्पिले देस इरोस प्रदर्शनीमा राखिएको छ।
११ फागुन, काठमाडौं । कलाकार रागिनी उपाध्यायको कला जर्मनीमा प्रदर्शनी गरिएको छ । जर्मनीको फ्राउएनमुजेउम बोन (महिला संग्रहालय)मा आयोजित ‘डाई स्पिले देस इरोस’ नामक कला प्रदर्शनीमा उपाध्यायको कला प्रदर्शनी गरिएको हो ।
संग्रहालयका अनुसार उक्त प्रदर्शनीमा सात देशका महिला कलाकारहरूको सहभागिता रहेको छ । नेपालबाट नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति समेत रहेकी उपाध्यायको कला प्रदर्शनी राखिएको हो ।
प्रदर्शनीमा उपाध्यायको ‘इन्द्रधनुष’ शीर्षकका चित्र शृंखला राखिएका छन् । ती कृतिहरूले एलजीबीटीक्यू समुदायको स्वतन्त्रता र न्यायका पक्षमा सशक्त आवाज उठाएको बताइएको छ । चित्रमा देखाइएको सुन्दर मयूरले प्रत्येक मानव जातिको इन्द्रधनुषी सपनाको यात्रालाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।
अहिलेको समयमा न्यायालयले समान यौनिकतालाई स्वतन्त्रता प्रदान गरे तापनि समाजमा अझै पनि विभिन्न किसिमका बन्देज र चुनौतीहरू कायम रहेको यथार्थलाई चित्रहरूले उजागर गरेको उल्लेख गरिएको छ ।
यस प्रदर्शनी अप्रिल महिनाको २६ तारिखसम्म जारी रहने बताइएको छ।
प्रतिक्रिया 4