+
+
Shares

मुन्नी र जितुले धनकुटाबाट थाले ‘कार्की साइँला’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन पूर्वी नेपालको धनकुटाबाट सुरु भएको छ।
  • फिल्ममा कलाकार जितु नेपाल र प्रियना आचार्य मुन्नीले मुख्य भूमिका निर्वाह गर्नेछन्।
  • फिल्मको छायांकन धनकुटा, बराहक्षेत्र र चतरामा एक महिनाको तालिकासहित हुनेछ र प्रदर्शन मिति पछि तय गरिने छ।

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ । मंगलबार पूर्वी नेपालको धनकुटाबाट फिल्मको छायांकन सुरु भएको हो ।

पहिलो दिनको छायांकनमा कलाकार जितु नेपाल, प्रियना आचार्य मुन्नी, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटाले सहभागिता जनाए ।

निर्देशक बस्नेतले एक महिनाको तालिकासहित छायांकन सुरु भएको जनाए । उनका अनुसार धनकुटा, बराहक्षेत्र र चतरामा छायांकन हुनेछ ।

फिल्ममा मुन्नीले जितुको जोडीको भूमिकामा अभिनय गर्नेछिन् । यसअघि उनले ‘झरिपछिको इन्द्रेणी’ र ‘लाज शरणम्’ मा अभिनय गरेकी थिइन् । ‘सक्किगो नि’ श्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो ।

कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माताको रुपमा छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ ।

यस फिल्मको एक्सन कोरियोग्राफी किरण दाहालको छ । संगीत दिप्सन लिम्बु, प्रोडक्सन सीबी भण्डारीको छ । छायांकन पछाडि मात्र प्रदर्शन मिति तय गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?