+
+
Shares

इटहरीवासीलाई बालेनको प्रश्न- चिया कहाँको खानुभयो ? तरकारी त पारिको होला ?

‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दु:खको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १५:३६

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।

‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारिको खानुभयो ।’

तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गरे । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दु:खको कुरा हो, यो दु:खको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।

पूर्वी तराईका तीन-चार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्न सके सिंगो देशभरl खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?