+
+
Shares

चुनाव सार्ने भए चार दिन अघि सारौँ : रवि लामिछाने

पछिल्लो समय राजनीतिक वृत्तमा फागुन २१ गतेको निर्वाचन सार्ने सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चाहरू भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:१४

१२ फागुन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्नेभए चार दिन अघि सार्न आग्रह गरेका छन् । मंगलबार इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

पछिल्लो समय राजनीतिक वृत्तमा फागुन २१ गतेको निर्वाचन सार्ने सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चाहरू भइरहेका छन् । कतिपय  दलका नेता र समूहले चुनाव सार्न प्रस्ताव नै गरेका छन् ।

यस्तोमा रास्वपा सभापति लामिछानेले चुनाव सार्ने भए चार दिन अघि सार्नुपर्ने बताएका हुन् ।

चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहान्छु,’ लामिछानेले भने,‘चुनाव सार्ने भए चार दिन अघि सारौँ, हामीलाई ठिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?