१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति र एजेण्डामाथि बहस गरेर मात्र मत मागिनुपर्ने बताएका छन् । ‘चुपचाप मतदान’ भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट बुझेर र जानेर मात्रै मतदान गर्नुपर्ने बताएका हुन् ।
पौडेलले देश विकासका १० भिजन सहितका एजेण्डाबारे बहस गर्न कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।
‘लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ’, पौडेलले भनेका छन् ।
कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट रहेको र देश निर्माणका १० भिजनबारे बहस गर्न खुला रहेको महामन्त्री पौडेलले भनेका छन् । ‘त्यसैले, अब चुपचाप हैन फागुन २१ गते गर्वका साथ रूखमा छाप’, उनले लेखेका छन् ।
प्रतिक्रिया 4