+
+
Shares
मौद्रिक नीति अर्धवार्षिक समीक्षा :

निर्वाचनले मुद्रास्फीति बढाउँछ : राष्ट्र बैंक

सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा मार्फत ३.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्र प्राप्त हुने अनुमान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण मुद्रास्फीति केही बढ्ने अनुमान गरेको छ।
  • सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा मार्फत ३.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्र प्राप्त हुने अनुमान गरेको छ।
  • राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनले वित्तीय क्षेत्र थप सुढृद, सबल, समावेशी र उत्थानशील बन्ने बताएको छ।

१२ फागुन, काठमाडौं । आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण मुद्रास्फीति केही बढ्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ ।

मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले यस्तो बताएको हो । राष्ट्र बैंकले भनेको छ, ‘मुद्रास्फीति अहिले न्यून छ, तर बढ्दो विप्रेषण आप्रवाह र निर्वाचनका क्रममा हुने आर्थिक गतिविधि विस्तार लगायतले समष्टिगत माग वृद्धि भई मुद्रास्फीति केही बढ्ने अनुमान छ ।’

सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा मार्फत ३.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्र प्राप्त हुने अनुमान गरेको छ । वित्तीय क्षेत्रमा न्यून ब्याजदर एवं उच्च तरलता र पर्याप्त विदेशी सञ्चिति रहेकाले लगानी अभिवृद्धि मार्फत दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने दरिलो आधार बनेको राष्ट्र बैंकले बताएको छ ।

सरकारले हालै स्वीकृत गरेको वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनबाट वित्तीय क्षेत्र थप सुढृद, सबल, समावेशी र उत्थानशील बनाउन मार्गप्रशस्त भएको समेत राष्ट्र बैंकको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?