News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परालको आगो' को पहिलो झलक सार्वजनिक गरिएको छ र यो बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
- फिल्म ग्रामीण परिवेशमा आधारित छ र पारिवारिक सम्बन्ध तथा सामाजिक द्वन्द्वको कथा समेटिएको छ।
- कथाकार गुरुप्रसाद मैनालीको कृति 'परालको आगो' मा आधारित यो फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।
काठमाडौं । बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो झलक सार्वजनिक गरिएको छ ।
पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ । तीनै पात्र निकै गम्भीर मुद्रामा देखिन्छन् । सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका देखिन्छ ।
उनी केही निराश भावमा देखिन्छिन । सपुतले चाहिँ घुम ओडेर आँखा रसिला पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यी तीनै पात्रको हुलिया र भाव हेर्दा फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको बुझ्न सकिन्छ ।
लक्ष्मण सुनार निर्देशित फिल्म ग्रामीण परिवेशमा बनेको हो । पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षको कथा यसमा छ ।
फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँको पनि अभिनय छ । हरि ओम सिने मेकर्स प्रालिको ब्यानरमा बनेको फिल्मका लगानीकर्ता सुशील पोखरेल हुन् ।
कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण भएको हो । उक्त कृतिमाथि ४५ वर्षअघि पनि प्रताप सुब्बाले श्यामश्वेत फिल्म निर्माण गरेका थिए । यसपटक भने इभेन्ट, प्रस्तुतिकरण र पटकथालाई भिन्न तुल्याएर फिल्म बनाइएको जनाइएको छ ।
२५ वर्षअघिको समाजको परिवेशलाई समेटिएकाले यो फिल्मलाई पिरियोडिक र एडप्टेसन स्क्रिनप्ले जनरामा राख्न सकिन्छ ।
‘परालको आगो’ कथा दुई पात्र चामे र गौँथलीको झैँझगडा वरपर घुमेको छ । कथाकार मैनालीले यो झगडालाई परालको आगोको संज्ञा दिएका छन् । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ भन्ने सन्देश यसमा छ ।
प्रतिक्रिया 4