+
+
Shares

ताप्लेजुङको याङमा मतदान स्थलमा ६२ मतदाता

ताप्लेजुङको याङमा

यो मतदान केन्द्रमा मतदाता ६२ जनामात्रै छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ को याङ मतदान केन्द्रमा ६२ मतदाता मात्र छन् र मतदान कर्मचारी फाल्गुन–१५ गते सदरमुकामबाट जान लागेका छन्।
  • फक्तालुङ–७ मा जम्मा ३५५ मतदाता छन्, जसमा ओलाङचुङगोलामा २ सय ९३ मतदाता रहेका छन् भने ग्याब्ला मतदान स्थलमा ६९ मतदाता छन्।
  • ताप्लेजुङका चार मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत ओसार्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताए।

१४ फागुन, पाँचथर । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ मा रहेको याङमा मतदान स्थलका लागि मतदान कर्मचारी फाल्गुन–१५ गते सदरमुकामबाट त्यसतर्फ जाँदैछन् । तीन दिनमा उनीहरु उक्त मतदान केन्द्रमा पुग्नेछन् । रोचक के छ भने यो मतदान केन्द्रमा मतदाता ६२ जनामात्रै छन् ।

सदरमुकामबाट गाडीमा सुकेपानी भन्ने ठाउँसम्म पुग्न सकिन्छ । सुकेपानीबाट पहिलो दिन ओलाङचुङगोला र दोस्रो दिन याङमा पुगिन्छ ।

फाक्तालुङ–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार याङमामा नौँ परिवारमात्र रहेका छन् । ‘६२ जना  मतदाता छन्,’ उनले भने ।

फक्तालुङ–७ मा जम्मा ३५५ जनामात्र मतदाता रहेका छन् । यो वडाको अर्को केन्द्र ओलाङ्चुङगोलामा मतदान केन्द्रमा २ सय ९३ मतदाता रहेका छन् ।

यहाँका धेरै मतदाता विदेश तथा काठमाडौंमा छन् । सोही गाउँपालिकाको वडा ६ को ग्याब्ला मतदान स्थलमा ६९ जना मात्र मतदाता रहेका छन् ।

ताप्लेजुङका चारवटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताए । घुन्सा, याङमा, ओलाङचुङगोला र ग्याब्लाको मतपेटिका हेलिकप्टरमा ओसारिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?