१४ फागुन, काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र दर्ता गराएको छ ।
बिहीबार अलायन्स, जेनजी फ्रन्ट, द काउन्सिल अफ जेनजी, जेनजी सिभिक फोरमका अगुवा अमृत वन, पेमा वाङ्बो लामा, मजिज अन्सारी, जय गुप्ता, अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मागपत्र दर्ता गराएका हुन् ।
चुनावपछि आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग खबरदारीपूर्ण मागपत्र दर्ता गराएको उनीहरूले बताएका छन् ।
न्याय सुनिश्चितता, दण्डहीनताको अन्त्य र पीडितलाई न्याय दिलाउन आफूहरूले निरन्तर आवाज उठाउने उनीहरूले बताएका छन् ।
हेर्नुहोस् माग :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4