News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नम्रता सापकोटाले काठमाडौंस्थित निजी निवासमा ओजस नामक युवकसँग विवाह गरेकी छन्।
- नम्रताले सामाजिक सञ्जालमा विवाहको फोटो सार्वजनिक गर्दै 'भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो' लेखेकी छन्।
- नम्रता सापकोटाले २०७८ सालमा विवाह नगरिकन बच्चा जन्माउने इच्छा व्यक्त गरेकी थिइन् र पछिल्लो पटक फिल्म 'नम्बरी सुन'मा देखिएकी थिइन्।
काठमाडौं । अभिनेत्री, मोडल तथा ओशो सन्यासी नम्रता सापकोटाले विवाह गरेकी छन् । विवाहको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो ।’
काठमाडौस्थित निजी निवासमा ओजस नामक गरेका युवकसँग उनले लगनगाँठो कसेको बुझिएको छ । विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति थियो ।
विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल (गहना) लगाएकी थिइन् भने उनका श्रीमान् शेरवानीमा ठाँटिएको तस्वीरमा देख्न सकिन्छ ।
नम्रताले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन् । तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी थिइनन् ।
२०७८ सालमा नम्रताले विवाह नगरिकन बच्चा जन्माउने इच्छा रहेको अभिव्यक्तिले चर्चामा आएकी थिइन् । उनले भनेकी थिइन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा-बुबालाई पनि थाहा छ ।’
उनी पछिल्लोपटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी थिइन् । सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘अन्तराल’बाट डेब्यू गरेकी उनले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।
त्यसमध्ये उनको करिअरको एउटा मात्र हिट फिल्म ‘छक्का पञ्जा’ हो । यसमा उनले जितु नेपालको जोडी बनेर अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया 4