+
+
Shares

युक्रेन युद्ध अन्त्य गर्न हतार छैन : रुस

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आएका छन् । तर, त्यसका लागि पुटिन हालसम्म तयार भएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १९:५४

१४ फागुन, काठमाडौं । युक्रेनसँग जारी युद्ध अन्त्यको सम्झौता गर्न कुनै हतार नभएको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । बिहीबार रुसी सरकारी सञ्चारमाध्यमसँग कुराकानी गर्दै विदेशमन्त्री लाभरोभले यस्तो बताएका हुन् ।

‘हामीसँग कुनै समय सीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ,’ लाभरोभलाई उधृत गर्दै रुसी सञ्चारमाध्यमले लेखेका छन् ।

यद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा जारी वार्ता प्रक्रियाकै बेला दुवै देशका वार्ताकार बिहीबार जेनेभामा पुगेका छन् । अमेरिकी मध्यस्थतामा त्यहाँ वार्ता हुने कार्यक्रम छ ।

यसअघि पनि धेरै चरणमा वार्ता भइसकेका छन् । तर, हालसम्म कुनै पनि सम्झौता हुनसकेको छैन । यही क्रममा मस्कोको नयाँ बयान आएको हो ।

मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागमा जोड दिएको छ, जसलाई किभले आत्मसमर्पण हुने भन्दै अस्वीकार गर्दैआएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठुलो गल्ती हुनेछ । म ती गल्ती गर्न चाहन्न ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आएका छन् । तर, त्यसका लागि पुटिन हालसम्म तयार भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?