१५ फागुन, काठमाडौं । नेपाल कांग्रेसका सभापति गगन थापाले अहिले कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन,’ कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले भने, ‘घर–घरमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’ कांग्रेसभित्रको आन्तरिक समस्यालाई मिलाइसकेको पनि उनले दाबी गरे । आन्तरिक विवाद मात्र नभई राष्ट्रिय मुद्दामा अन्य दलसमेत मिलाएर अगाडि बढ्ने तागत आफूसँग रहेको सभापति थापाको दाबी थियो ।
जनताका सबै समस्याको अध्ययन गरेर देशको नेतृत्व गर्न आएको पनि उनले दाबी गरे । ‘किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ,’ उनले भने । सामाजिक सञ्जालमा अड्केर नबस्न पनि उनले कार्यकर्तासँग आग्रह गरे ।
प्रतिक्रिया 4