+
+
Shares

२१ जनाले पुगेन, अब १५१ जना संसद्‌मा जान्छौं : हरि ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १५:०२

१५ फागुन, काठमाडौं । चितवन क्षेन नम्बर १ का रास्वपा उम्मेदवार हरि ढकालले अबको सदनमा आफ्नो पार्टीबाट १५१ जनाको प्रतिनिधित्व हुने दाबी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि २१ ज्ना मात्रै संसद्मा भएकाले धेरै कानुनका काम गर्न असहज भएको बताए ।

अब त्यो संख्याले नपुग्ने भन्दै रास्वपाले १५१ जना संसद् पुर्‍याउने उनको भनाइ थियो ।

‘अब निर्वाचनपछि हामी त्यो सदनलाई कानुन बनाउने थलोको रुपमा हामी २१ जनाले कस्ता खालका सिर्जनात्मक बहस हुन्छ भनेर ०७९ मा निर्वाचित भएर देखाइसकेका छौं ,’ ढकालले भने, ‘त्यो सदनमा अब २१ होइन, अब १५१ जनाको हुन्छ । त्यो सदनले थाति रहेका धेरै कानुन बनाउने छ । संशोधन गर्नुपर्ने धेरै कानुन संशोधन गर्नेछ ।’

द्येशमा धेरै समृद्धिका भाषण भएको भन्दै किसानको मुहारमा हाँसो ल्याउन नसकेको बताए ।

‘यो देशमा समृद्धिका भाषण धेरै भए, किसानको मुहारमा हाँसो ल्याएपछि समृद्धि आउँछ । भ्यू टावर बनाएर समृद्धि आएन । युवा खेलाडीलाई घोषणा गरेका पुरस्कार नदिएर त्यसका लागि हामी सदनमा चिच्याउन परेको थियो,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?