+
+
Shares

मेनुका र रिकेनले जर्जिया पुगेर ‘ह्वेन क्लाउड्स फल’ को छायांकन टुंगाए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री मेनुका प्रधान र डेब्यू कलाकार रिकेन परियारले फिल्म 'ह्वेन क्लाउड्स फल' को जर्जिया सेड्युलको छायांकन सकाएका छन्।
  • फिल्ममा हलिउड अभिनेता एलोन अबाउटबोल प्रमुख भूमिकामा छन् र छायांकन नेपालका पोखरा र मनाङमा समेत गरिएको थियो।
  • फिल्मलाई केहात फिन्केल र माताना पोर्टनोयले संयुक्त निर्देशन गरेका हुन् र आइसफल प्रोडक्सनले निर्माण व्यवस्थापन गरेको छ।

काठमाडौं । अभिनेत्री मेनुका प्रधान र डेब्यू कलाकार रिकेन परियारले आगामी फिल्म ‘ह्वेन क्लाउड्स फल’ को जर्जिया सेड्युलको छायांकन सम्पन्न गरेका छन् ।

जर्जियाको सिबिलीमा गत साता छायांकन सकिएको हो । मेनुकाको पात्र लुकसहितको तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । फिल्ममा हलिउड अभिनेता एलोन अबाउटबोल पनि प्रमुख भूमिकामा छन् ।

यसअघि नेपालमा आइसफल प्रोडक्सनको निर्माण साझेदारीमा पोखरा र मनाङमा समेत छायांकन गरिएको थियो ।

इजरायली र नेपाली पात्रको कथामा आधारित यो फिल्मलाई केहात फिन्केल र माताना पोर्टनोयले संयुक्त निर्देशन गरेका हुन् । निर्माता रामकृष्ण पोखरेलका अनुसार भिसालगायत केही प्राविधिक कारणले छायांकनमा ढिलाइ भए पनि जर्जिया सेड्युल सफलतापूर्वक टुंगिएको हो ।

फिल्म ओसिफ फिल्म्स र लाको मिडियाको निर्माणमा बनेको हो । एलेक्स ओस्मोलोभ्स्की, माइकल क्याट्रिह र यार्डेन शिमोनी निर्माता रहेका छन् ।

आइसफल प्रोडक्सनले यसअघि ‘बेबी’, मोस्ट वान्टेड, जापानी फिल्म एभरेस्ट समिट अफ द गड्स, फ्रेन्च फिल्म द क्लाइम्ब र हाइवे टु धम्पुस लगायत विदेशी फिल्मको नेपालमा निर्माण व्यवस्थापन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?