+
+
Shares

गोरखा-१ : सुदन गुरुङले सार्वजनिक गरे १५ वटा चुनावी बाचा

राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा-१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुदन गुरुङले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा-१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुदन गुरुङले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्।
  • उनले भ्रष्टाचारमुक्त समृद्ध समाज निर्माण र जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको न्यायका लागि १५ बुँदामा प्राथमिकता सार्वजनिक गरेका छन्।
  • उनका प्राथमिकतामा भ्रष्टाचारमुक्त शासन, लोकतान्त्रिक अधिकार विस्तार, कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा र सार्वजनिक जवाफदेहिता समावेश छन्।

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा-१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुदन गुरुङले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।

सबै गोरखालीको सपना, भ्रष्टाचारमुक्त समृद्ध समाज निर्माणको चाहना नारा दिएर उनले बाचा पत्र सार्वजनिक गरेका हुन् ।

उनले बाचापत्रमा जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका, त्यसक्रममा भएका विभिन्न घटनाको तस्बिर राखेर योपाली रगतलाई न्याय भन्दै १५ बुँदामा आफ्नो प्राथिमकताहरू सार्वजनिक गरेका छन् ।

यस्ता छन् उनले प्राथमिकता राखेका १५ बुँदा

१- जेनजी म्यान्डेट, न्याय र आन्दोलनको संस्थागतकरण
२- भ्रष्टाचारमुक्त शासन र दण्डहीनताको अन्त्य
३- लोकतान्त्रिक अधिकार र मताधिकार विस्तार ।
४ – बूढीगण्डकी न्यायपूर्ण पुनर्वास, आर्थिक रुपान्तरण
५- पर्यटन, संस्कृति, धर्म र पहिचान : एकीकृत विकासको परिपथ
६- कृषि आधुनिकीकरण : पकेट, बजार, भण्डारण, सिंचाइ
७- उत्तरी गोरखा रुपान्तरण
८- सडक पुर्वाधार – गोरखा १ कनेक्टिभिटी मास्टर प्लान
९- शिक्षा सुधार- ७ मोडेल विद्यालय पुनर्संरचना
१०- स्वास्थ्य : जिल्ला अस्पताल, टेलिमेडिसिन
११- रोजगारी, उद्योग र स्थानीय अवसर
१२- धर्मनिरपेक्षता, सबै धर्मको सम्मान र सामाजिक सद्भाव
१३- आमा समूह आधारिक कृषि उपकरण बैंक
१४- सार्वजनिक सुरक्षा
१५- सार्वजनिक जवाफदेहिता र क्षेत्रीय उपस्थित

उनको बाचापत्रको पूर्णपाठ 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?