News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पाकिस्तानी राजदूत अबरार एच हासमीले शिष्टाचार भेट गरेका छन्।
- राजदूत हासमीले नेपालको शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र निर्वाचन शान्तिपूर्ण हुनेमा बधाइ दिए।
- प्रधानमन्त्री कार्कीले पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गरिन्।
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हासमीले शिष्टाचार भेट गरेका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाइ तथा शुभकामना दिए ।
प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।
बैठकपछि दुवै पक्षबाट नेपाल-पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ ।
प्रतिक्रिया 4