+
+
Shares

बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते ८:५९

१६ फागुन, काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य कार्गो विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोट्र्सका अनुसार दमकल अधिकारीहरूले विमान दुर्घटनामा ११ जनाको मृत्युको पुष्टि गरेका छन् ।

बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथरिटीले शुक्रबार स्थानीय समयानुसार बेलुकी ६ : २० बजे विमान दुर्घटनामा परेको हो ।

सान्ता क्रुज सहरबाट उडान भरेको विमान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो ।

रनवेबाट चिप्लिएको विमान नजिकै रहेको हाइवेसम्म पुगेको र सडकमा रहेका बाहनहरूसँग ठोक्किएको बताइएको छ ।

दुर्घटना पछि विमनास्थल बन्द गरेर छानबिन सुरू गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?