+
+
Shares
हलिउड :

इरानमाथि आक्रमणबारे के भन्छन् हलिउड स्टार ?

अभिनेता जोन कुस्याकले एक्समा लेख्दै इरानसँगको द्वन्द्व ट्रम्पले एप्स्टिनसम्बन्धी कागजातबाट ध्यान हटाउन प्रयोग गरेको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १३:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडका कलाकारहरूले अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य आक्रमणको खुलेर विरोध गरेका छन्।
  • ज्याक ह्वाइटले ट्रम्पको दोस्रो कार्यकालमा भएका अन्तर्राष्ट्रिय द्वन्द्वसम्बन्धी रेकर्डको आलोचना गर्दै आक्रमणबारे व्यंग्य गरेका छन्।
  • ट्रम्पले ट्रुथ सोसलमा भिडियो पोस्ट गर्दै वार्ता असफल भएपछि इरानको परमाणु क्षमता सीमित गर्ने उद्देश्यले आक्रमण सुरु भएको दाबी गरेका छन्।

लस एन्जलस । हलिउडका कलाकारहरूले अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य आक्रमणको खुलेर विरोध गरेका छन् । शनिबार बिहानबाट यो आक्रमण सुरु भएको थियो ।

‘द ह्वाइट स्ट्राइप्स’का मुख्य गायक ज्याक ह्वाइटले इन्स्टाग्राममार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भएका अन्तर्राष्ट्रिय द्वन्द्वसम्बन्धी रेकर्डको आलोचना गरेका छन् । उनले शनिबार बिहान आक्रमणबारे दिएको वक्तव्यका क्रममा ट्रम्पको प्रस्तुति शैलीमाथि पनि व्यंग्य गरेका छन् ।

“उनी युएसए लेखिएको ट्रकर ह्याट लगाएर कुनै देशविरुद्ध युद्ध घोषणा गरिरहेको देख्दा कति रमाइलो लाग्छ, होइन ?” ह्वाइटले लेखेका छन् ।

उनले थप व्यंग्य गर्दै भने, ‘हेरौँ त ‘बोर्ड अफ पिस’ का नेता । अर्को युद्ध घोषणा गर्दा डोनी, रेजोल्युट डेस्कमा खुट्टा राखेर भेलेट ट्रयाकसुट लगाएर बिग म्याक खाँदै घोषणा गरे कस्तो होला ? भेनेजुएला, ग्रीनल्यान्ड, इरान, क्युबा– के फरक पर्छ र ? डन जुनियर र ब्यारोनलाई त लड्न वा मर्नु पर्दैन, अरूका छोराछोरी मात्रै हो, त्यसैले… आक्रमण गर, बम खसाल । ‘बोर्ड अफ पिस’ मा नयाँ सदस्यता एक अर्ब डलरबाट सुरु ! डोनीले अहिलेसम्म साँचो नोबेल शान्ति पुरस्कार नपाएको पत्याउन सकिन्छ ? अन्याय ! सायद तेस्रो कार्यकालमा पाइहाल्छन् होला ।”

ट्रम्पकी पुरानी आलोचक रोजी ओ’डोनेलले पनि इन्स्टाग्राममार्फत आक्रमणको विरोध गरेकी छन् । “उनी सधैं झूट मात्र बोल्छन् । ट्रम्पलाई महाभियोग लगाउनुपर्छ’ भन्ने क्याप्सनसँग उनले ट्रम्पको सन् २०२४ को राष्ट्रपति चुनाव अभियानका दुई भनाइ साझा गरेकी छन् ।

पहिलो भनाइमा उल्लेख छ, “यदि कमला विजयी भइन् भने मृत्यु र विनाश मात्र आउँछ, किनकि उनी अन्तहीन युद्धकी उम्मेदवार हुन् । म शान्तिको उम्मेदवार हुँ । म नै शान्ति हुँ ।” दोस्रो भनाइमा भनिएको छ, “म युद्ध सुरु गर्ने होइन, म युद्ध रोक्ने छु ।’

अभिनेता जोन कुस्याकले एक्समा लेख्दै इरानसँगको द्वन्द्व ट्रम्पले एप्स्टिनसम्बन्धी कागजातबाट ध्यान हटाउन प्रयोग गरेको आरोप लगाए । उनले लेखे, ‘ट्रम्पले ध्यान मोड्ने किसिमको युद्ध सुरु गरे– एप्स्टिनबाट ध्यान हटाउन र नेतन्याहुको चाहना पूरा गर्न, जसका लागि उनले ३० वर्षभन्दा बढी समयदेखि पहल गर्दै आएका छन् । अब पनि पुगिसकेन ?”

अभिनेत्री क्यारी कूनले पनि एक्समा आक्रमणको विरोध गर्दै टिप्पणी गरेकी छन् । ट्रम्पले हालै गठन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमाथि व्यंग्य गर्दै उनले लेखिन्, ‘युद्ध विभाग’– उनीहरू ठट्टा गरिरहेका थिएनन् ।”

इन्स्टाग्राम थ्रेड्समा अभिनेता मार्क रफालोले ट्रम्पका इरानसम्बन्धी प्रमुख वार्ताकार जारेड कुशनरबारे प्रकाशित एउटा लेख सेयर गर्दै लेखे, ‘उनीलाई हामी युद्धतर्फ जाऔँ भनेर सुनिश्चित गर्न पठाइएको थियो ।’

केही सातादेखिको चेतावनीपछि अमेरिका र इजरायलले शनिबार बिहान इरानका विभिन्न ठाउँमा पटक–पटक आक्रमण गरेका थिए । शनिबार बिहान ट्रम्पले ट्रुथ सोसलमा भिडियो पोस्ट गर्दै इरानको परमाणु क्षमता सीमित गर्ने र युद्ध टार्ने वार्ता असफल भएपछि आक्रमण सुरु भएको दाबी गरेका थिए ।

यस विषयमा अन्य चर्चित व्यक्तिहरूका प्रतिक्रिया पनि सार्वजनिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?