+
+
Shares

‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १३:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘परालको आगो’ उत्तर अमेरिकामा अमेरिका र क्यानडामा प्रदर्शन हुने भएको छ।
  • निर्माता कम्पनी हरिओम सिने मेकर्स र वितरण कम्पनी इएनटीले सम्झौता गरेका छन्।
  • यो फिल्म ११ बैशाखदेखि नेपालमा प्रदर्शन हुँदैछ र ग्रामीण परिवेशमा पारिवारिक मनोवैज्ञानिक संघर्ष देखाइएको छ।

काठमाडौं । फिल्म ‘परालको आगो’ उत्तर अमेरिकामा रिलिज हुने निश्चित भएको छ । वितरण कम्पनी इएनटीले यो ‘पिरियोडिक र एडप्टेसन’ फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन गर्न लागेको हो ।

यसको लागि निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग वितरकले सम्झौता गरेका छन् । ‘अन्य मुलुकमा पनि वितरण अधिकार विक्री बारे कुराकानी भैरहेको छ’ निर्माता सुशील पोखरेलले भने ।

नेपालमा यो फिल्म ११ बैशाखदेखि प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा सोही मितिबाट आउँछ वा पछाडि रिलिज हुन्छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।

लक्ष्मण सुनार निर्देशित फिल्म ग्रामीण परिवेशमा बनेको हो । पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षको कथा यसमा छ ।

फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँको अभिनय छ । ‘परालको आगो’ माथि आधारित रहेर ४५ वर्षअघि पनि प्रताप सुब्बाले श्यामश्वेत फिल्म निर्माण गरेका थिए ।

यसपटक भने इभेन्ट, प्रस्तुतिकरण र पटकथालाई भिन्न तुल्याएर फिल्म बनाइएको जनाइएको छ । २५ वर्षअघिको समाजको परिवेशलाई समेटिएकाले यो फिल्मलाई पिरियोडिक र एडप्टेसन स्क्रिनप्ले जनरामा राख्न सकिन्छ ।

कथा दुई पात्र चामे र गौँथलीको झैँझगडा वरपर घुमेको छ । कथाकार मैनालीले यो झगडालाई परालको आगोको संज्ञा दिएका छन् । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ भन्ने सन्देश यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?