१७ फागुन, काठमाडौं । आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।
कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
राप्रपाले कार्भिका थापालाई टिकट दिएको थियो । थापाले अमेरकिाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन ।
राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने आफूहरूलाई क्षेत्रीय अध्यषको नामबाट जारी भएको विज्ञप्ति मान्य नभएको बताए ।
‘केही व्यक्तिहरूले पैसाको लोभमा परेर यस्तो भ्रम फैलाएको हुनसक्छ, त्यसका कुनै सत्यता छैन,’ राणाले अनलाइनखबरसँग भने ।
यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट विश्वदीप पाण्डे लगायत ३९ जनाले उम्मेदवारी दिएका छन् ।
राप्रपाले २०७९ को निर्वाचन यो क्षेत्रमा समानुपातिक तर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4