+
+
Shares

मध्यपूर्वका नेपालीको सुरक्षाका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:१०

१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका अधिकारी कृष्णप्रसाद ढकालले उक्त टिममा श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय लगायत अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू रहने जानकारी गराए ।

यो एक्सन टिमले निरन्तर रूपमा त्यहाँको घटनाक्रमलाई नजिकबाट नियाल्ने, आवश्यकता अनुसार छिटो छरितो ढङ्गबाट निर्णय गर्ने, सम्बन्धित निकायहरूमा समन्वय गर्ने र आवश्यक परेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई सहयोगका लागि आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

मध्यपूर्वमा रहेका लाखौँ नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ । यसका लागि सरकारले एक्सन टिम गठन गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?