+
+
Shares

उज्यालो नेपालका उम्मेदवार नै एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा एमाले प्रवेश गरेका छन्।
  • बुढाथोकीले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गर्दै मोरङको बुढीगंगास्थित गोकुवामा एमाले प्रवेश गरेको बताउनुभयो।
  • उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए।

१७ फागुन, विराटनगर। मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार नै नेकपा एमाले प्रवेश गरेका छन् ।

उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वसन्त बुढाथोकी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपा  एमाले प्रवेश गरेका हुन् । उनले एमाले उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा पनि गरेका छन् ।

आइतबार मोरङको बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रमका बीच बुढाथोकीले एमाले प्रवेश गरेको घोषणा गरे ।

उनलाई एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।  २५ वर्षीय बुढाथोकी  क्षेत्र नम्बर ६ को कान्छा उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?