+
+
Shares

इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:३२

१७ फागुन, काठमाडौ। इजरायली रक्षा बलका प्रवक्ता एफी डेफ्रिनले इरानको तर्फबाट भएको जवाफी आक्रमणमा दुई जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रवक्ता डेफ्रिनले इजरायली नागरिकहरूलाई सरकारी निर्देशनहरूको पालना गर्न र आक्रमणको समयमा सुरक्षित आश्रयस्थलमा बस्न कडा आग्रह गरेका छन् ।

सैन्य प्रतिकारका बारेमा जानकारी दिँदै डेफ्रिनले इजरायलले इरानको रक्षा प्रणालीलाई ‘गम्भीर क्षति’ पुर्‍याएको दाबी गरे र अमेरिकी सेनासँगको सहकार्यमा इरानमाथि आक्रमण जारी रहने बताए ।

उनका अनुसार इजरायलले तोकेका सबै लक्ष्यहरू पूरा नभएसम्म यो सैन्य अभियान रोकिने छैन।

यसैबीच, इजरायली स्वास्थ्य मन्त्रालयले इरानमाथि आक्रमण सुरु भएदेखि हालसम्म ४५६ जनालाई अस्पताल ल्याइएको जानकारी दिएको छ, जसमध्ये ८६ जना अझै पनि सघन उपचार कक्षमा उपचाररत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?