१७ फागुन, काठमाडौं । प्रतिनिधिसभा चुनावका उम्मेदवारहरूलाई जनताप्रति जवाफदेही बनाउन दबाब दिने उद्देश्यले ‘स्वच्छ हावाका लागि साइकल अभियान’ समूहमा आबद्ध साइक्लिस्टहरूले माइतीघर मण्डलामा दुई घण्टा उभिएर प्रदर्शन गरेका छन।
काठमाडौं उपत्यकामा विभिन्न पार्टीबाट उठेका उम्मेदवारहरूलाई जनताप्रति जवाफदेही बनाउन विभिन्न माग राखेर उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
काठमाडौं उपत्यकामा प्रदूषित वायुमा कहिलेसम्म श्वास फेर्नु पर्ने ?, सडक जामका कारण २० मिनेटको बाटो १ घण्टा लगाउनुपर्ने, बाटोभरि धुलोधुवाँ खाँदै कुद्नु पर्ने लगायतका समस्या काठमाडौंबासीहरूको दैनिक समस्या बनेको उनीहरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण खतरनाक तहमा पुगेको, सडक कन्जेसन/जाम हुने गरेको, डरलाग्दो सडक दुर्घटना हुने गरेको तथा पैदलयात्री, साइक्लिस्टहरूका लागि सुरक्षित सडक यात्राको अधिकार सुनिश्चित हुनुपर्ने लगायतका मागका बारेमा उम्मेदवाहरूलाई जवाफदेही बनाउन माइतीघरमा उभिएको साइकल एक्टिभस्ट रत्नराम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार ती मागका सम्बन्धमा उम्मेदवारहरूको बुझाइ, दीर्घकालीन समस्या समाधानका योजना लगायतबारेमा ध्यानाकर्षण गराउन साइक्लिस्टहरूले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया 4