News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले मार्च २० देखि \'पिन्की ब्लाइन्डर्स : द इमोर्टल म्यान\' फिल्म रिलिज गर्नेछ, जसले दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा टमी शेल्बीको कथालाई देखाउँछ।
- पिक्सारको ३०औँ एनिमेटेड फिल्म \'हपर्स\'ले माबेल नामकी युवतीको मस्तिष्क रोबोट जनावरमा सारेर जनावरहरूसँग कुराकानी गर्ने कथालाई प्रस्तुत गरेको छ।
- नेटफ्लिक्सको \'द गुड बोइ\' फिल्ममा १९ वर्षीय युवालाई सामाजिक सञ्जालमा भिडियो हाल्ने कारण अपहरण गरी अनुशासनमा राख्ने दम्पतीको कथा देखाइएको छ।
माहोल त निर्वाचनको छ । तर, अहिले विदाको समय पनि छ । यसबेला नेपाली सिनेमाहरू केही हदसम्म प्रभावित छन् । यो मौकामा तपाईंले विश्व सिनेमा हेर्न सक्नुहुन्छ । यहाँ साईफाईदेखि रोमान्टिक फिल्मका सूचीहरू छन्:
१. पिन्की ब्लाइन्डर्स : द इमोर्टल म्यान

सन् २०१३ देखि २०२२ सम्म ‘पिन्की ब्लाइन्डर्स’ले सन् १९२० र ३० को दशकको बर्मिङ्घमको एउटा सडक ग्याङको उतारचढावलाई देखाएको थियो । यो सिरिजले सिलियन मर्फीलाई एउटा ठूलो स्टार बनाउनुको साथै फ्ल्याट क्यापलाई चर्चित फेसन बनाइदिएको थियो ।
त्यसैले यसबारे फिल्म बन्ने खबरले धेरैलाई पुन: उत्साहित बनाएको छ । ‘द इमोर्टल म्यान’ दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा आधारित छ । बमबारीले जर्मनको बर्मिङ्घम शहर ध्वस्त भइरहेको समयमा टमी शेल्बी फेरि शहर फर्कन बाध्य हुन्छन् । त्यसपछिको कथा फिल्ममा देखाइएको छ ।
फिल्ममा सिरिजका केही पुराना अनुहारहरूसँगै नयाँ पात्रहरू समेत दोहोरिएका छन् । यो फिल्म मार्च २० देखि नेटफ्लिक्समा आउनेछ ।
२. हपर्स

पिक्सार स्टुडियोको ३०औँ एनिमेटेड फिल्म ‘हपर्स’ले बोल्ने जनावरहरूको पुरानो कथालाई नयाँ शैलीमा देखाएको छ । यसको कथा माबेल नामकी एक युवती वरिपरि घुम्छ । उसले आफ्नो मस्तिष्कलाई एउटा रोबोट जनावरमा सार्छिन् । यसपछि उनले सबै प्रकारका जनावरहरूसँग सहजै कुराकानी गर्न सक्छिन् । त्यसो गर्दा ती सारा जनावरहरू मान्छेका नराम्रा व्यवहारले आजित भइसकेको उनले थाहा पाउँछिन् । त्यसपछि उनले के गर्छिन् ? अथवा के हुन्छ ? भन्ने कुरा फिल्ममा देखिन्छ ।
३. द गुड बोइ

नेटफ्लिक्सको एडोलेसेन्स नामक सिरिजबाट चर्चामा आएका स्टेफन ग्राहम अभिनित ‘द गुड बोय’ अहिले समस्याग्रस्त बेलायती किशोरको कथामा देखिएका छन् । उनी र एन्ड्रिया राइजबरो युवा पुस्तालाई अनुशासनमा राख्ने दम्पतीको भूमिकामा छन् । कथामा भने सामाजिक सञ्जालमा जाँडरक्सी र लागूऔषध खाएर भिडियो हाल्ने १९ वर्षीय युवालाई उनीहरूले अपहरण गर्छन् । अनि आफ्नो घरको छिँडीमा साङ्लोले बाँधेर राख्छन् । त्यस केटोलाई उनीहरूले नसुध्रिएसम्म नछाड्ने भनेर बसिरहन्छन् । त्यसपछि के हुन्छ फिल्ममा त्यही कथा देखाइएको छ ।
४. द ब्राइड

लामो समय अभिनयमा बिताएपछि म्यागी गिलेनहालले सन् २०२१ मा निर्देशनमा हात हालेकी थिइन् । उनको यो दोस्रो फिल्म सन् १९३५ को क्लासिक हरर ‘द ब्राइड अफ फ्रान्केन्स्टाइन’बाट प्रेरित छ । तर उनले पुरानो फिल्ममा नभनिएका कुराहरूलाई यसमा समेटेकी छिन् । पुरानो फिल्ममा ‘द ब्राइड’ पात्र निकै कम समय देखिन्थिन् र बोल्थिन्, अहिले यो फिल्म सोही पात्रलाई मुख्य भूमिकामा देखाइएको छ ।
५. साइपान

फिफा विश्वकप नजिकिँदै गर्दा २००२ को जापान र कोरिया विश्वकप अघिको समयमा आधारित यो फिल्म हेर्नु उपयुक्त हुनेछ । यो फिल्म साइपान नामक एउटा वास्तविक घटनामा आधारित छ । त्यसबेला एउटै टिमका खेलाडी र म्यानेजरबीच विवाद भएको थियो । फिल्ममा सोही कुरालाई देखाइएको छ ।
६. रिमाइन्डर्स अफ हिम

आजकल हलिउड साई-फाईभन्दा बढी रोमान्टिक जनरामा ढल्किरहेको जस्तो देखिन्छ । कोलिन हुभरको रोमान्टिक उपन्यासमा आधारित भएर बनाइएको ‘रिमाइन्डर्स अफ हिम’ त्यसकैको उदाहरण हो । यस फिल्ममा कार दुर्घटनापछि प्रेमी गुमाएको तर जेल परेकी कर्टीको कथा देखाइएको छ । उनी जेलबाट निस्केपछि के हुन्छ भन्ने कुरा यो फिल्मको प्रमुख आकर्षण हो ।
७. प्रोजेक्ट हेल मेरी

यदि तपाईं साई-फाई विधाको प्रशंसक हुनुहुन्छ भने यो फिल्म तपाईंका लागि सही हुन सक्छ । प्रसिद्ध उपन्यास ‘द मार्सियन’ का लेखकले लेखेको नयाँ उपन्यासमा आधारित यो फिल्ममा अन्तरिक्षमा फसेको एक अन्तरिक्ष यात्रीको उद्धारबारे कथा छ । ती पात्र सूर्यको प्रकाश मधुरो पार्ने जीवाणुहरूको अनुसन्धान गर्न अन्तरिक्षमा गएका हुन्छन् । तर, त्यस क्रममा समस्या आउँछ । त्यसपछि के हुन्छ, सो कुरा यो फिल्ममा देखाइएको छ ।
प्रतिक्रिया 4