+
+
Shares

‘धुरन्धर २’ देखि ‘टक्सिक’ सम्म : मार्चमा आउँदैछन् यी ९ हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मार्च २०२६ मा १९ मार्चमा रणवीर सिंहको 'धुरन्धर २' र यशको 'टक्सिक' एकै दिन रिलिज हुँदैछन्।
  • मार्चमा कुल ९ फिल्म हिन्दी भाषामा रिलिज हुँदैछन् जसमा विभिन्न शैलीका फिल्महरू समावेश छन्।
  • 'धुरन्धर २' को सिक्वेल र 'टक्सिक' यशको चार वर्षपछि ठूलो पर्दामा कमब्याक हुन्।

मुम्बई । फिल्मप्रेमी दर्शकको लागि मार्च २०२६ व्यस्त र रोमाञ्चक महिना बन्ने देखिएको छ । आगामी ३१ दिनमा मौसमसँगै बक्स अफिसको तापक्रम पनि उच्च हुने अनुमान छ ।

विशेषगरी ईदको अवसरमा १९ मार्चमा वर्षकै ठूलो बक्स अफिस भिडन्त हुने भएको छ, जहाँ रणवीर सिंहको ‘धुरन्धर २’ र यशको ‘टक्सिक’ एकै दिन हलमा रिलिज हुँदैछन् । दर्शकले लामो समयदेखि पर्खिरहेका यी दुई फिल्ममध्ये एकतर्फ ब्लकबस्टर ‘धुरन्धर’ को सिक्वेल छ भने अर्कोतर्फ ‘केजीएफ २’ पछि करिब चार वर्षपछि यशको ठूलो पर्दामा कमब्याक हो । तर मार्चमा यी दुई मात्रै होइन, हिन्दी दर्शकका लागि जम्मा ९ फिल्म रिलिज हुँदैछन् ।

मार्च २०२६ का मुख्य रिलिज

चरक : फेयर अफ फेथ (६ मार्च २०२६)

होलीपछि ६ मार्चमा रिलिज हुने यो लोककथामा आधारित थ्रिलर फिल्म सुदीप्तो सेनले निर्माण गरेका हुन् । शीलादित्य मौलिकको निर्देशनमा बनेको फिल्मले ग्रामीण भारतमा रहेका अन्धविश्वास र धार्मिक अनुष्ठानको खतरनाक सीमालाई देखाउँछ । कथाको केन्द्र चरक मेला हो, जहाँ विश्वास विस्तारै डर र पागलपनमा बदलिँदै जान्छ । अन्जली पाटिल, सहिदुर रहमान, सुब्रत दत्ता लगायत कलाकारको अभिनय छ ।

ना जाने कौन आ गया (६ मार्च २०२६)

यो रोमान्टिक ड्रामा विकास अरोराको निर्देशनमा बनेको हो । प्रणय पचौरी, मधुरिमा राय र जतिन सरनाको अभिनय रहेको फिल्म प्रेम त्रिकोणको कथा हो, जहाँ भावनात्मक द्वन्द्व र जटिल निर्णयहरू केन्द्रमा छन् ।

किस्सा कोर्ट कचहरी का (१३ मार्च २०२६)

१३ मार्चमा रिलिज हुने यो फिल्मले भारतीय न्याय प्रणालीका जटिल पक्षलाई उजागर गर्छ । मेरठ पृष्ठभूमिमा बनेको फिल्ममा राजेश शर्मा, बृजेन्द्र काला, जितेन्द्र यादव लगायत कलाकार छन् । निर्देशन रजनीश जायसवालले गरेका हुन् ।

धुरन्धर २ : द रिवेन्ज (१९ मार्च २०२६)

ईदको अवसरमा रिलिज हुने यो बहुप्रतिक्षित सिक्वेल आदित्य धरको निर्देशनमा बनेको हो । पहिलो भागको ठूलो सफलतापछि फिल्मले अझ ठूलो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । रणवीर सिंहसँगै संजय दत्त, अर्जुन रामपाल र सारा अर्जुनको अभिनय छ ।

टक्सिकः ए फेयरी टेल फर ग्रोन-अप्स (१९ मार्च २०२६)

यशको कमब्याक फिल्म ‘टक्सिक’ करिब ६०० करोड भारुको बजेटको पिरियड ग्याङस्टर ड्रामा हो । गीतु मोहनदासको निर्देशनमा बनेको फिल्ममा यश डबल रोलमा छन् । कियारा आडवाणी, नयनतारा र हुमा कुरैशी लगायत कलाकार छन् । यसमा गोवाको अपराध जगतमा आधारित कथा समावेश छ ।

मसूद खान पार्ट-१ : द रेज (२० मार्च २०२६)

तेलुगू भाषामा बनेको यो कमेडी-फ्यान्टेसी फिल्म २० मार्चमा बहुभाषिक संस्करणमा रिलिज हुँदैछ । भगवान र राक्षसबीच फसेको पात्रको कथाको फिल्मम मार्फत साहस र विश्वासको विषय उठाइएको छ ।

प्रोजेक्ट हेल मेरी (२० मार्च २०२६)

एन्डी वियरको उपन्यासमा आधारित हलिउड साइन्स-फिक्सन फिल्ममा रायन गोसलिङ मुख्य भूमिकामा छन् । पृथ्वी बचाउने मिसनमा अन्तरिक्षमा पुगेको एक्लो वैज्ञानिकको कथा यसमा देखाइन्छ । फिल्म अंग्रेजी र हिन्दी डब दुवैमा रिलिज हुनेछ ।

ओमलो (२१ मार्च २०२६)

२१ मार्चमा आउने यो सामाजिक ड्रामा सात वर्षका बालक र ऊँटको सम्बन्धमार्फत बाल मनोविज्ञान र सामाजिक पीडालाई देखाउँछ । सोनू रणदीप चौधरीको निर्देशनमा बनेको फिल्म संवेदनशील विषयवस्तुमा आधारित छ ।

रोजी : द सैफ्रन च्याप्टर (२६ मार्च २०२६)

महिनाको अन्त्यमा २६ मार्चमा रिलिज हुने यो हरेक रहस्यपूर्ण फिल्ममा पलक तिवारी र विवेक ओबेरायको अभिनय छ । अचानक हराएकी एक युवतीको रहस्य खुल्दै जाँदा कथा डरावना मोडतर्फ अघि बढ्छ । समग्रमा, मार्च २०२६ विभिन्न शैली र ठूलो स्टारकास्टका फिल्मले भरिएको महिना हुने देखिन्छ, जसले बक्स अफिसमा कडा प्रतिस्पर्धा ल्याउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?