+
+
Shares

रामेछाप दुर्घटना : प्रहरीका असईको मृत्यु, ३ जनाले हामफालेर जोगाए ज्यान

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा मृत्यु हुने व्यक्ति नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रहेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछाप नगरपालिका–२ सिरुबारीमा गाडी दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ।
  • दुर्घटनामा गाडीमा सवार ११ मध्ये ७ जना घाइते भएका छन् र ३ जना गाडीबाट हाम फालेका थिए।
  • मन्थलीबाट निर्वाचन सामग्री लिएर जाँदै गरेको गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो र उद्धार कार्य जारी छ।

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा मृत्यु हुने व्यक्ति नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रहेको खुलेको छ ।

दुर्घटनामा परी असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवार ७ जना घाइते भएका छन् । उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ । उनीहरुमध्ये ३ जना गाडीबाट हाम फालेका थिए ।

मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार वेस खुर्कोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो । उद्धार पश्चात घाइतेलाई उपचारको लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?